काठमाडौं । प्रतिनिधिसभाले कर्मचारी समायोजन अध्यादेश २०७५ पारित गरेको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई वहुमतले स्वीकृत गरेको हो ।
अध्यादेशको विपक्षमा नेपाली कांग्रेस र सांसद प्रेम सुवालले मत दिएका दिएका थिए ।
त्यसअघि अध्यादेशमाथि विरोधको सूचना दर्ता गराएका सांसदले केही कर्मचारीको स्वार्थबाट प्रभावित भएर अध्यादेश ल्याईएको भन्दै फिर्ता लिन माग गरेका थिए ।
संविधान विपरित सरकारले स्वेच्छाचारी र विभेदकारी ढंगले अध्यादेश ल्याएको सांसदहरुको भनाइ थियो ।
अध्यादेश स्वीकृत गर्न प्रस्तावका क्रममा मन्त्री पण्डितले कर्मचारीको बृत्ति विकासमा कमी नरहेको दाबी गरे ।
अध्यादेश पारित भएसँगै कर्मचारीले अध्यादेश अनुसार समायोजन प्रक्रियामा सहभागी हुनुपर्नेछ ।











