टोकियो जापान । जापानको नागोया शहरमा बस्दै आएका एक ४० वर्षीय पुरुषको अल्पायुमै निधन भएको छ।
जापानको नागोया शहरमा बुद्ध डाईनिङ उतो रेष्टुरेण्टमा काम गर्दै आएका निमा ओङछु शेर्पाको मंगलबार बिहान गत मंगलबार निधन भएको हो।
सोलुखुम्बुको खम्बु पासाङलामु गाँऊपालीका वडा नम्वर ६ स्थायी घर भएका शेर्पाको बुधबार अन्तिम संस्कार गरिएको शेर्पा संघ जापानका सचिव दावा लामा शेर्पाले बताएका छन्।












