एजेन्सी := दक्षिण कोरियाको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २।९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार २०२६ को न्यूनतम प्रति घण्टा पारिश्रमिक १० हजार ३२० वोन (करीब ७.४३ अमेरिकी डलर) तोकिएको छ, जुन हालको १० हजार ३० वोन (७.२२ डलर) भन्दा उच्च हो ।
यो वृद्धिदर अघिल्लो वर्षको १.७ प्रतिशत वृद्धिदर तुलनामा तीव्र रहेको छ । सन् १९८८ देखि लागू गरिएको न्यूनतम पारिश्रमिक प्रणालीअन्तर्गत यो दर वृद्धि गरिएको हो। चालिस घण्टे साप्ताहिक कार्य घण्टाका आधारमा यो न्यूनतम पारिश्रमिक मासिक रूपमा अन्दाजी एक हजार ५५२ अमेरिकी डलर हुनेछ ।












