क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग (इमिग्रेशन)ले क्वालालम्पुरको मस्जिद इंडिया , मस्जिद जामेक वरपर सञ्चालन गरेको विशेष छापामारी अपरेशनमा १७१ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
इमिग्रेशनको प्रवर्तन शाखाका निर्देशक बास्री ओठमानका अनुसार, पक्राउ परेकाहरूले सामाजिक भ्रमण पास “भिजिट भिसा”को दुरुपयोग गरेको र वैध यात्रा कागजात नभएको पाइएको छ। उनका अनुसार, अपरेशनको क्रममा ७५८ व्यक्तिहरू र १४ वटा व्यापारिक स्थलहरूमा जाँच गरिएको थियो, जहाँ वैध कागजातविना विदेशी कामदारहरू काम गरिरहेका थिए।
अपरेशनको समयमा केही विदेशीहरूले आफूलाई ग्राहक झैँ देखाएर, लुक्ने वा भाग्न खोजेर जाँचबाट बच्न प्रयास गरे।” उनले भने। “कतिपयले आक्रामक र उत्तेजक व्यवहार गरेर सुरक्षाकर्मीहरूको ध्यान हटाउने प्रयास पनि गरे। भारी वर्षाका कारण अपरेशन केही कठिन भए पनि सफलतापूर्वक सम्पन्न गरिएको छ,” उनले थपे।
बास्रीले अवैध रूपमा बसोबास गरिरहेका विदेशीहरूलाई घर फर्किन मिल्ने कार्यक्राम सुचारु गरिरहेको छ । जसअन्तर्गत सजिलै जरिवाना रकम तिरेर घर फर्किन सकिने भएकोले अवैधानिक लाई घर फर्किन आग्रह गरे ।
“अध्यागमनले यतिबेला कुनै वैध पासबिना रहेका विदेशीहरूलाई सो घरफिर्ती अन्तर्गत मलेसियाबाट स्वेच्छाले फर्कन अनुमति दिइरहेको छ,” उनले बताए। उनले अन्तमा भने, “अध्यागमन ले विशेषगरी विदेशीहरूको बढी उपस्थिति भएका क्षेत्रहरूमा यस्ता अपरेशन छापामारी र निरीक्षणहरू नियमित रूपमा जारी राख्ने जनाएको छ।”












