क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वाललम्पुर मलेसियाले फ़ेरि एकजना नेपाली श्रमिक ब्रिजेश कुमार यादवलाई उद्दार गरि नेपाल फिर्ता पठाएको छ ।
बिहिवार क्वालालम्पुरस्थित अध्यागमन विभाग “इमिग्रेशन” को कार्यालयबाट चेक आउट मेमो पनि प्राप्त भैइसकेको र अब यादवलाई आज मिति जुलाई २५ तारिख (शुक्रवार) मा नेपाल एयरलाइन्सको उडानबाट घर फिर्ता पठाइएको हो ।
सन् २०२३ मा मलेसिया कम्पनीमा काम गर्न आएका यादव केही समय देखि मलेसियामै अवैधानिक रुपमा बस्दै आएको र हाल उहाँको स्वास्थ्य अवस्था नाजुक रहेको दूतावासले पाएको थियो । दूतावासले उद्दार गरि उहाँको सुस्वास्थ्य र परिवारका सदस्यहरूसँग सुखद पुनर्मिलनको कामना गर्दै स्वदेश फिर्ता पठाएका हुन ।












