मलेसियामा १६४ जना नेपाली जेलमा, अधिकाँस अवैधानिक र लागुऔषध मुद्दामा।

क्वालालम्पुर (मलेसिया):= मलेसिया देश । नेपालीको लागि वैदेशिक रोजगारीको प्रमुख गन्तब्य देश मध्यको एउटा देश हो मलेसिया। रोजगारीका सिलसिलामा मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत करिबकरिब ४ लाख बढी नेपालीहरु मध्यमा १ सय ६४ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् ।

क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार यहाँ हत्या अभियोगमा १९ ,फौजदारी मुद्दामा ३१, लागुऔषध सेवन तथा ओसारपसारमा २८, लागुऔषध र मिश्रित मुद्दा  गरि २१ र आप्रवासन अवैधानिक सम्बन्धी मुद्धामा ६५ जना नेपालीहरु  जेलमा रहेको बताएका छ्न । जेल परेका प्राय ति सबै पैसा कमाउने र परिवारलाई खुशी साथ पाल्ने भनेर मलेसिया आईपुगेका नेपाली हरु हुन ।

संगै काम गर्ने साथीभाइ हरुसँगको संगत कुलत र छिट्टै धनी बन्ने महत्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेको दूतावासको भनाइँ छ्। मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाँइ,  अस्वभाविक व्यवहारजन्य समस्या लगायत कारण नेपालीहरु पक्राउ पर्ने गरेको दूतावासले बताएका छ्न ।

दूतावासले गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न यहाँ कार्यरत नेपाली हरुलाई अनुरोध गर्दै आएको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा कम्तिमा पनि करिब तीन महिनासम्म कैद सजाय हुने र कैद भुक्तानपछि डिपोर्ट गर्ने गरेको छ ।

डिपोर्ट गर्ने बेलामा घर फर्किनलाई हवाई टिकट लगायत कागजातको आवश्यकता पर्ने गर्दछ्, जुन चाहिँ नेपाली राजदूतावासले नै यहाँका अध्यागमन विभागसंग समन्वय गरि उपलब्ध गराउने गरेका छ्न । आवश्यक सम्पुर्ण कागजात पूरा भएको खण्डमा घरफिर्ती केन्द्रबाट सजिलै स्वदेश फर्किन पाउने गरेका छ्न , तर त्यसरी फर्किएका नेपालीको नामसहितको अभिलेख आजिवन मलेसिया आउन नपाउने गरि ब्ल्याक लिस्टमा पर्छन् ।