एनपीएलको हिसाबकिताबका सबालमा विवाद भएपनि खेल रोकिँदैन, राजनीति नगरौ: प्रधानमन्त्री ओली।

काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गर्नका लागि सरकारमा आउनु नहुने बताउनुभएको छ ।बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा राजनीतिक दलहरु नै आउने तर राजनीति गर्नका लागि आउन नहुने बताउनु भयो ।

सरकारमा आएपछि राजनीति नभइ शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन लगायतका आवश्यक प्राथमिकताका क्षेत्रहरु छुट्याएर त्यसमै केन्द्रित भइ काम गर्न जरुरी रहेको बताउनु भयो । खेल राजनीति भन्दा बाहिर हुनुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारमा पोल्टिकल पार्टी नै आउने हो । पोल्टिकल पार्टीहरु सरकारमा आएर सरकारमा आएपछि राजनीति गर्ने होइन ।

सरकारमा आएपछि जुन क्षेत्रमा काम छ त्यो क्षेत्रको काम गर्ने हो । कृषिमा काम गर्नुछ भने राजनीति होइन कृषिको विकास गर्नुपर्छ । उद्योगको भएको उद्योगकको, संगीत, सााहित्य भए ति क्षेत्रको विकास गर्नुपर्छ, त्यहाँ राजनीति होइन । खेलको विकास गर्ने हो भने खेलमा लगानी गर्नुपर्छ, खेललाई अघि बढाउनुपर्छ । त्यहाँ पोलिटिक्स गर्ने होइन ।

राजनीतिका लागि त्यो ठाउँ होइन । जो आउँछ उसले पोलिटिक्स गर्ने होइन, पोलिटिक्स भन्दा बाहिर खेल । खेलमा ध्यान दिनुपर्छ ।’ प्रधानमन्त्री ओलीले खेलप्रति बजेटबाट माया देखाएको बताउनु भयो । राष्ट्रिय खेलकुदको समय अब पनि सार्नु भनेको लज्जाको विषय हुने बताउनु भयो । अब तोकिएको समय (मंसिर) मा राष्ट्रिय खेलकुदको आयोजना हुने बताउनु भयो ।

एनपीएलका सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट सङ्घ (क्यान)बीच विवाद छ । एनपीएलको हिसाबकिताबका सबालमा दुई निकायबीच भइरहेको विवादबीच प्रधानमन्त्री ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई  खेलकुदको विकासमा लाग्न निर्देशन दिनुभयाे । एनपीएलको कामहरू रोक्न दिएको निर्देशनमा आपत्ति जनाउँदै ओलीले क्यानलाई एनपीएलको तयारी तीव्र बनाउन आग्रह गर्नुभयाे ।