क्वालालम्पुर (मलेसिया):= प्रवासी नेपाली समन्वय समिति पिएनसिसि , र स्थानीय संस्था नर्थ साउथ इनिटिएटिभ एनएसआई मलेसियाको टोलीले मलेसियास्थित नेपाली राजदूतावाससंग भेटघाट सम्पन्न गरेको छ ।
हिजो मिति सन् २०२५ जुन ५ का दिन, पिएनसिसिका कार्यकारी निर्देशक सोम लामिछानेको नेतृत्वमा गएको एक टोलीले मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासमा महामहिम राजदूतज्यू सहितको टिमसँग भेटघाट सम्पन्न गरेको हो।

भेटका क्रममा निर्देशक लामिछानेले एनएसआईसँगको सहकार्यमा पिएनसिसिले मलेसियामा लागू गर्न लागेको कार्यक्रम “Meridew Project Implementation in Malaysia” सम्बन्धी विस्तृत जानकारी (ब्रिफिङ) गराउनुभएको थियो।
उक्त परियोजनाले मलेसियामा रहेका नेपाली कामदारहरूको जीवनस्तर सुधार, सीप विकास तथा सामाजिक सुरक्षासम्बन्धी विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्ने लक्ष्य राखेको बताइएको छ।
पिएनसिसि र एनएसआईको सहकार्यमा सञ्चालन हुने यो परियोजना मलेसियामा रहेका नेपालीहरूका लागि एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। भेटमा परियोजनाका सम्भाव्यता, कार्यान्वयन योजना र नेपाली समुदायमा यसले पार्ने सकारात्मक प्रभावका विषयमा समेत गहन छलफल भएको थियो।
भेटघाटमा नेपाली राजदूतावास मलेसिया को महामहिम राजदूत डा.नेत्रप्रसाद तिम्सिना , उपनियोग प्रमुख मुदिता बज्राचार्य , प्रथम सचिव एवं प्रशासन प्रमुख बलिराम प्रसाद धामी , श्रम काउन्सेलर (सहचारी) कृष्णप्रसाद भुसाल , पिएनसिसिका कार्यकारी निर्देशक सोम लामिछाने , मलेसिया संयोजक पुर्ण सुब्बा लिम्बु , एनएसआई मलेसियाको डाइरेक्टर एडरिन पेरेरा , साहित्यकार जीवन देवान गाउँले लगायतको उपस्थिति रहेको थियो ।












