काठमाडौं := गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसिसी जापान)को सहयोगमा बेलबारी नगरपालिका–३, मोरङस्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एकदेखि तीनसम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय झोलाहरू वितरण गरिएको छ ।
एनआरएनएको बालुवाटारमा आयोजित कार्यक्रममा अध्यक्ष डा. केसीले विद्यालयका प्रतिनिधिलाई झोलाहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोगले विद्यार्थीलाई पठनपाठनमा थप प्रेरणा र प्रोत्साहन मिल्ने विश्वास लिइएको छ ।
आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका बालबालिकाका लागि सहयोग निकै महत्वपूर्ण हुने विद्यालयले जनाएको छ । एनआरएनएका अनुसार उक्त सामग्रीहरू स्थानीय तहमा विद्यालयमार्फत् वितरण गरिनेछ । एनसिसी जापानले वान एनसिसी वान च्यारिटी परियोजनाअन्तर्गत उक्त सहयोग गरेको हो ।












