हृदयेन्द्रलाई राजामा समर्थन गर्न सकिने भन्ने कुरा पुर्ण भ्रम मात्रै हो, यो हुनै सक्दैन: सभापति देउवा।

काठमाडौं := नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारेमा भइरहेको प्रचारप्रति आपत्ति जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सभापति देउवाको धारणा भन्दै प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारको खण्डन गर्नुभएको हो ।

राजसंस्थाबारे पार्टी सभापति शेरबहादुर देउवाले नबोलेको र नसोचेको कुरालाई प्रचारमा ल्याएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार केही अनलाइन सञ्चारमाध्यमहरूले कांग्रेसका एक नेताको भनाइलाई उद्धृत गर्दै कांग्रेस सभापति देउवाले हृदयेन्द्रलाई राजामा समर्थन गर्न सकिने भन्ने सन्देश निर्मल निवासलाई पठाएको उल्लेख गरेका थिए ।

उक्त समाचारको खण्डन गर्दै नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति निकालेर ‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे सभापति देउवाको धारणा भनी सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो’ भनेर उल्लेख गरेका छन् ।

कांग्रेसले आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै कांग्रेसले भनेको छ, ‘नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहो¥याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपिल गर्दै अव्यक्त कुरा सञ्चार माध्यममा सम्प्रेषण नगर्न सञ्चारकर्मी मित्रहरूलाई आग्रह गर्दछ ।’

कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे सभापति देउवाको धारणा भन्दै सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र आपत्तिजनक भएको स्पष्ट गर्दै विज्ञप्तिमा भनिएको छ, ‘उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम सञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावनाविपरीत हो ।

जोसुकैले यस्तो कार्य गरेको भए तापनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । जोसुकैले यस्तो कार्य गरेको भए तापनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’

कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्न प्रतिबद्ध रहेको भन्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट प्राप्त उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्बद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।’