भारतविरुद्ध पाकिस्तानले घाेषणा गर्याे ‘अपरेसन बानयन मर्सस’, तनाव थप बढ्दै।

एजेन्सी (पाकिस्तान):= पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतविरुद्धको जवाफी कारवाहीलाई अपरेशन ‘अपरेसन बानयन मर्सस’ नाम दिइएको छ । पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले यसका जानकारी गराएको हो।

यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषण गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो। भारतले आतंकावादविरुद्धको लडाई भन्दै अपरेशन सिन्दूर चलाई रहेको छ ।

शनिबार बिहान पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीनवटा एयरबेसलाई निशाना बनाएको दाबी गर्नुभएको थियो । रावलपिंडीको बास नुर खान एयरबेस, चकवाल नजिकैको मुरिद र पूर्वी पञ्जाबको झाङ जिल्लाको रफिकी एयरबेस नजिकै विस्फोटको आवाज सुनिएको जनाइएको थियो।

घना बस्ती भएको क्षेत्र रावलपिंडीमा रहेको नुर खानमा बिहानै भएको आक्रमणले ठूलो आतंक मच्चाएको र बासिन्दाहरू सडकमा दौडिरहेका देखिएको समाचारहरूमा जनाइएको छ।