अगस्ट ३ तारिख मलेसियामा आदिवासी दिवस मनाइँने।

क्वालालम्पुर (मलेसिया):=  विश्व आदिवासी दिवस (International Day of the World’s Indigenous People) को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वारा आयोजित चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

हाम्रो संस्कृति, हाम्रो पहिचान – प्रवासमै संरक्षण र सशक्तिकरण” भन्ने मूल नाराका साथ आयोजना हुने यो महाधिवेशनमा मलेसियामा क्रियाशील विभिन्न आदिवासी जनजातीय संघ–संस्थाहरूको ऐक्यबद्ध सहभागिता रहने आयोजकले संस्थाले जनाएको छ ।

साथै कार्यक्रमको मुख्य आकर्षणमा विभिन्न जातीय खानाको परिकार , झाँकी नृत्य लगायत प्रस्तुति रहनेछ् ।

कार्यक्रम विवरण : 
▪️ मिति: ३ अगष्ट २०२५
▪️ समय: दिउँसो ०१:०० बजे
▪️ स्थान: WISMA ANN KOAI, नेपाल एम्बेसी छेउको भवन, क्वालालम्पुर मलेसिया ।