मलेसियाको चौकिट अवैधानिक आप्रवासीका लागि हटस्पट, जनवरीदेखि ५०० जना पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग “इमिग्रेशन”ले राजधानी क्वालालम्पुरस्थित चौकिट क्षेत्रलाई  अवैध आप्रवासीहरूको हटस्पटको रूपमा चिनिएको बताएको छ ।

क्वालालम्पुर अध्यागमन निर्देशक वान मोहम्मद साउपी वान युसोफका अनुसार चाउ किट विदेशीहरूका लागि प्रमुख केन्द्र बनेको छ। उनका अनुसार यहीँ बर्षको जनवरीदेखि अहिलेसम्म करिब ५०० जना अवैधानिक आप्रवासी कामदारहरु लाई पक्राउ गरेर जेल चलान गरिएको बताए ।

उनले भने “हामीले प्रत्येक दुई हप्तामा अपरेशन गर्दै आएका छौं, जसमा ५० देखि १०० जनासम्म पक्राउ पर्ने गरेका छ्न,” भर्खरै हिजो रातीको छापामा राति १:१५ बजे निदाइरहेका अवस्थामा ७२ जना अवैध आप्रवासीहरूलाई एउटा पसलको ब्लकमा पक्राउ गरिएको हो। तिनीहरू सबै आरएम ३०० सय रिंगेटदेखि आरएम ५०० रिंगेटसम्म तिरेर एकैठाउँ कोठा भाडामा लिएर बस्दै आएका थिए र अधिकांश वरपरकै क्षेत्रमा काम गर्थे भने ।

छापामारीको क्रममा पक्राउ पर्नेहरूमध्ये: २८ जना इन्डोनेसियाली पुरुष, २६ जना इन्डोनेसियाली महिला , २ जना म्यानमारका पुरुष, ११ जना बंगलादेशी पुरुष , २ जना भारतीय पुरुष , १ जना नेपाली पुरुष , २ जना पाकिस्तानी पुरुषहरु रहेका थिए।

पक्राउ परेकाहरुले अध्यागमन कानुन उलंघन गरेको , २ वर्षसम्म ओभरस्टे बसेको पाइएको छ। निर्देशक वान मोहम्मद साउपी वान युसोफका अनुसार मलेसियामा अवैध रूपमा बसिरहेका सबै विदेशीहरूको लागि PRM 2.0 (Migrant Repatriation Programme) खुल्ला गरेका छौं, यस् प्रोग्राममार्फत आरएम ५२० रिंगेट जरिवाना तिरेर सजिलै स्वदेश फर्किन मिल्ने बताए ।

उनले थपे , अवैधानिक विरुद्धको यस्तो छापामारी हामी लगातार गर्छौ । अटेरी गरेर बस्ने अवैधानिक विदेशी कामदार विरुद्ध कडा रुपमा उत्रेर पक्राउ गरि जेल चलान गर्छौ । पछिल्लो समयको छापामारीमा सयौंको संख्यामा नेपाली हरु पनि पक्राउ परि जेल सजाय भोगिरहेका छ्न ।