एनआरएनए मलेसियामा फ़ेरि विवाद, अधिवेशन पुर्वनिर्धारित मिति जुलाई २७ मै हुने।

क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद (एनसीसी) मलेसियामा फ़ेरि विवाद चुलिएको छ । यसअघि आईतवार “एनआरएनए मलेसियामा एकताको निम्ति बृहत भेला” बैठकमा आउँदो महिना अगस्ट ३०/३१ मा अधिवेशन गर्ने गरि निर्णय भएर सहमति जनाए ता पनि सो सहमति कार्वानयन नहुने भएको छ ।

अहिले एनआरएनए आईसीसी दुई समुहमा विभाजन भएको छ । एउटाको नेतृत्व डाक्टर बद्री केसीले गरिरहेका छ्न भने , अर्को एनआरएनएको नेतृत्व महेश क्ष्रेष्ठले गरिरहेका छन। आईसीसी केन्द्रनै दुई समुहमा भएकोले त्यसको प्रत्यक्ष प्रभाव विभिन्न देशमा रहेका एनसीसीमा परिरहेको प्रत्येक्ष देख्न सकिन्छ।

गैर आवासीय नेपाली संघ “एनआरएनए” मलेसियाका बद्री केसी समुहका अध्यक्ष राकेश प्रसाद महत्तोका अनुसार,पुर्व निर्धारित मिति जुलाई २७, २०२५ को दिनमा नै अधिवेशनको मिति तोकिएको थियो , तसर्थ : अब सोही मितिमै अधिवेशन सम्पन्न गर्न तयारीका साथ लागिपरेको बताए। अध्यक्ष महतोले भने, आईतवार बसेको बैठकमा उक्त मिति सारेर अगष्ट ३० र ३१ तय गरिएको थियो। तर प्राविधिक कारणवश पुनः मिति जुलाई २७ मै अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता आएको बताए ।

केन्द्रीय विधानअनुसार राष्ट्रका सबै एनसीसीहरूले जुलाई महिनाभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले, सोही अनुसार मिति भित्रै अधिवेशन सम्पन्न गर्न संघ बाध्य भएको छ। यस सन्दर्भमा निर्वाचनको कार्यतालिका चाँडै सार्वजनिक गरिने जनाएको छ।एनआरएनए मलेसियाको आफ्नै छुट्टै सदस्यता पोर्टल नभएकाले, सदस्यता नविकरणका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) अन्तर्गत रहेको MIS प्रणालीलाई मान्यता दिइएको छ।

हुन त एकताको बैठकमा उपस्थित सबै नेपालीहरुले केन्द्रलाई बाईपास गरेर मलेसियामा रहेका सबै एनआरएनएहरुलाई एकजुट गरेर लागौं एकताको अधिवेशन गरौं भन्ने निर्णय पनि गरेकै थिए , तर त्यो निर्णय एकदिन पनि टिक्न सकेन। किनभने यता डा.बद्री केसी पक्षका मलेसिया अध्यक्ष महतोले केन्द्रिय विधानको हवाला दिँदै विधान पालना गर्ने भन्दै जुलाई २७ तारिख हुन लागेको अधिवेशनलाई सफल र ऐतिहासिक बनाउन सम्पूर्ण सदस्यहरू, शुभेच्छुकहरू तथा सरोकारवालाहरूलाई सहकार्य र सहभागिताका लागि आग्रह गरेका छन्।