काठमाडौं := संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभएकाे छ । घुस लिएको आरोप लागेपछि मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराउनुभएकाे हाे ।
मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गर्नुभएकाे छ । यसअघि साेमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा बोलाएर सार्वजनिक अडियाे बारे मन्त्री गुप्ता संग छलफल गर्नुभएको थियाे ।
यता सामाजिक संजालमा मन्त्री गुप्ताले आफू उच्चतम प्रविधिको शिकार भएको जिकिर गर्नुभएकाे छ। केही दिनअघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उहाँको सर्वत्र विरोध भएको थियो भने विपक्षी दलहरुले राजीनामा माग गर्दै कारबाही गर्न माग गरेका थिए ।












