मलेसियामा अक्टोबर महिनादेखि सबै कामदारले जम्मा तलबको २ प्रतिशत रकम ईपिएफमा जम्मा गर्नुपर्ने।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले आगामी अक्टोबर महिनादेखि लागू हुनेगरी नेपालीसंगै सबै आप्रवासी कामदारहरूको लागी नयाँ नीति लागू गर्न लागेको छ ।  नयाँ नीति अनुसार अब कर्मचारी सञ्चय कोष “ईपिएफ” मा आफ्नो जम्मा आउने मासिक तलबको २ प्रतिशत रकम योगदान गर्नुपर्ने नीति कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

मलेसिया कर्मचारी सञ्चय कोषले “ईपिएफ” सम्बन्धि नयाँ नियम घरेलु कामदारहरू बाहेक सबै विदेशी कामदारहरूमा लागू हुने बताएको छ । हाल मलेसियामा विदेशी कामदारहरूको कर्मचारी सञ्चय कोषमा सहभागिता स्वेच्छिक मात्रै छ ।

तर अब मलेसियामा कार्यरत कामदारले २ प्रतिशत र रोजगारदाता कम्पनीले २ प्रतिशत गरि जम्मा ४ प्रतिशत रकम सबैले अनिवार्य जम्मा गर्नुपर्ने नीति कार्वानयनमा ल्याउन लागेको हो ।रोजगारी अवधीभर जम्मा भएको सो रकम कामदार घर फर्किनु भन्दा पहिल्यै रोजगारदाता कम्पनीले ईपिएफसंग क्लेम गरेर ब्याजसहित फिर्ता दिनुपर्ने हुन्छ ।

राष्ट्रियताको पर्वाह नगरी विदेशी कामदारको कर्मचारी सञ्चय कोषमा योगदान अनिवार्य गर्ने कदमले सामाजिक सुरक्षामा पहुँच सुनिश्चित गरी श्रम बजारमा समानता र निष्पक्षतालाई प्रवद्र्धन गर्ने मलेसियाका अधिकारीहरू बताउँछन् ।

मलेसियामा हाल न्यूनतम मासिक तलब १७ सय रिंगेट छ। २० लाख बढी विदेशी कामदार रहेको मलेसियामा ४ लाख बढी नेपाली वैधानिकरूपमा कार्यरत रहेका छन् । विदेशी कामदारको कर्मचारी सञ्चय कोषमा योगदान अनिवार्य गर्ने कदमले उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने अधिकारकर्मीहरूको भनाइ छ ।

यो समाचार स्थानीय सञ्चार माध्यममा प्रकाशित छ ।