क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले थप एउटा् क्षेत्रीय समिति गठन गरेको छ । आईतवार आयोजित एक विशेष अधिवेशनको मार्फत (२०२५-२०२७) सम्मकाे कार्यकालका लागि मलका राज्य समितिको गठन गरिएको हो ।
साथै अधिवेशनले मलाका राज्य क्षेत्रीय समितिमा अर्जुन लावती लिम्बुको अध्यक्षतमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मलका राज्यमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त भेलाले समुदायको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा नव-निर्वाचित कार्यसमितिलाई एनआरएनए (एनसीसी) मलेसियाका वर्तमान अध्यक्ष राकेश प्रसाद महतोले सपथ ग्रहण गराए । साथै, कार्यक्रममा एनआरएनए मलेसियाका सचिव विष्णु प्रसाद बराल, सदस्य उमेश महतो लगायत उपस्थित थिए ।
कार्यक्रम सञ्चालन स्वयं केन्द्रिय सचिव विष्णु प्रसाद बरालले आफैं गरेका थिए । नव-निर्वाचित एनआरएनए मलाका राज्य कार्यसमितिको अध्यक्षमा अर्जुन लावती (लिम्बू) वरिष्ठ उपाध्यक्ष: ग्याबिन्द्र राई , उपाध्यक्ष: शिवलाल ढकाल , महिला उपाध्यक्ष: वर्षा राई , सचिव: मनोज दशौँदी , कोषाध्यक्ष: अस्मिता भोलन , सह-सचिव: तोपजङ पाण्डे , सह-कोषाध्यक्ष: सागर राई , युवा संयोजक: झनक बस्नेत चयन भएका हुन ।
त्यस्तै सदस्यहरूमा क्रमशः तिर्सना तामाङ , ढकमनी विक , त्रीवत लिम्बू , समिन तामाङ , सफर मोक्तान , पुर्व तामाङ , मान तामाङ , अजय धामी चयन भएका हुन ।नव-निर्वाचित कार्यसमितिलाई एनसीसी मलेसियाले आउँदो २७ जुलाईमा क्वालालम्पुरमा आयोजना हुने आफ्नो नवौं अधिवेशनमा विशेष सम्मान गर्ने तयारी गरेको छ ।
मलाका राज्य कार्यसमितिबाट अब चाँडै नै कार्ययोजना सार्वजनिक गरिनेछ। यस समितिले मलेसियाको मलाका क्षेत्रमा रहेका नेपालीहरूको समस्या समाधान, हक–हितको संरक्षण, तथा नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष महतोले नव-निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिंदै, मलाकामा संगठनलाई ऊर्जाशील र सक्रिय ढंगले अगाडि बढाउन आग्रह गर्नुभयो। साथै, नयाँ योजनाहरू निर्माण गर्न र कार्यान्वयनमा ल्याउन एनसीसी मलेसियाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।


















