आदिवासी जनजाती महासंघ मलेसिया जोहोर समितिमा रिक्त पदमा पदपूर्ति कार्य सम्पन्न।

क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको क्षेत्रीय कमिटी जोहोरको कार्यसमितिमा रिक्त पदपूर्ति सम्पन्न भएको छ ।

आईतवार बसेको बैठकबाट रिक्त रहेको पदहरु क्रमशः अध्यक्षमा सन्तोष थान्टी थाङ्गमी, वरिष्ठ उपाध्यक्षमा प्रेम श्रेष्ठ , उपाध्यक्ष-इश्वर श्रेष्ठ , सचीव – समिता राई (सन्जु), सह-सचीव – मे हाङ ठान्टी थामी , कोषाध्यक्ष- देकिदा राई(बिनु) , सह-कोषाध्यक्ष -देश राज राना मगर , युवा संयोजक – सुशील लोप्चन तामङ्ग , महिला संयोजक – रोशनी घले तामाङलाई नियुक्त गरि पदपूर्ति गरिएको हो।

त्यस्तै सदस्य हरुमा क्रमशः सोम मगर , रोसन तामाङ (सुपृम) , प्रज्वल हार्बा थामी , सशिकला राई , ओम थामी लगायत नियुक्त भएका हुन । त्यस्तै सल्लाहकार हरुमा मंगल दोङ तामाङ , तिपेन्द्र बुढा मगर ,नवराज रुम्बा तामाङ नियुक्त भएका हुन ।

नव नियुक्त सबैलाई प्रमाणपत्र समेत ग्रहण गरे । त्यस्तै बैठकले भरतपुर महानगरपालिका ११ का मिलन कुमाल र अस्मिता खत्री कुमाल को दुई वर्षका छोराको कलेजोमा फ्यु जमेको नसा बन्द (ब्लक) अनमोल कुमाल को उपचारको निम्ति आर्थिक सहयोग समेत गर्ने निर्णय गरे सगै आरएम ३०१ रिंगेट सहयोग प्रदान गरेको छ।