मलेसियामा बैँक खाता र बैंक कार्डविहीन आप्रवासी श्रमिकका लागि ‘Ria Wallet’ सेवा सुरु।

क्वालालम्पुर (मलेसिया):= रिया मनि ट्रान्सफर (Ria Money Transfer) ले बैँक खाता र बैंक कार्ड नभएका आप्रवासी श्रमिकहरूलाई लक्षित गरी ‘Ria Wallet’ नामक डिजिटल वालेट सेवा मलेसियामा समेत सुरु गरेको छ।

यसमार्फत मनी ट्रान्सफर, QR कोड पेमेन्ट, रेमिट्यान्स जस्ता सुविधा उपलब्ध हुनेछ। मलेसियाको मानव संसाधन मन्त्रालयअन्तर्गतको श्रम विभागले यस वालेटलाई डिजिटल तलब वितरणको लागि स्वीकृति दिएको छ।

Ria ले ७८ शाखा र १,४०० ATM मार्फत निःशुल्क भौतिक सेवा, साथै बहुभाषिक समर्थन सहित अनलाइन तथा अफलाइन भुक्तानी सुविधा पनि प्रदान गर्नेछ। बैंक नेगारा मलेसिया “Bank Negara Malaysia” बाट इ-मनी लाइसेन्सप्राप्त Ria Wallet ले साइबर सुरक्षा र eKYC प्रक्रिया पूरा गरेको छ।

खाता खोल्नलाई भिसा नभएको खण्डमा पासपोर्ट मात्रैले पनि खोल्न मिल्नेछ्न । हाल रिया ले हाल १६० देशका ६२४,००० स्थानहरूमा संचालनमा रहि आफ्नो सेवा प्रदान गरिरहेको छ।