क्वालालम्पुर (मलेसिया):= प्रवास संगठन निर्माणको निम्ति मलेसिया भ्रमणमा रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र मलेसियाको लागि नेपाली राजदूत डा.नेत्रप्रसाद तिम्सिनाबीच नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर छलफल सम्पन्न भएको छ।
राजदूत तिम्सिनाले आफ्नो निवासमा आइतबार राति आयोजना गरेको स्वागत भोज समारोहमा दुबै पक्षबीच रोजगार र श्रमिक समस्याको विविध आयामबारे छलफल सम्पन्न भएको हो।
छलफल भेटमा अध्यक्ष यादवले मलेसियामा कार्यरत नेपाली श्रमिकको जिउधन र रोजगारको सुरक्षा, कामका दौरान भोग्नु परेको अनेक समस्या समाधानको लागि तदरुकताका साथ पहल गर्न राजदूत तिमल्सेनालाई आग्रह गरेका थिए।
राजदूत डा. तिम्सिनाले नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर दूताबासले हरदम काम गरिरहेको र आगामी दिनमा थप प्रभावकारी ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गरे। हिजो आईतवार मात्रै जसपा नेपालले मलेसियामा बिनोद कुमार यादवको नेतृत्वमा सर्वसम्मत नेपाली समाज मलेसिया नयाँ समिति पुनःगठन सम्पन्न गरेको हो ।












