कुवेतमा ६० हजार भन्दा बढी हाउसमेड,नेपाली ब्याबसायी,अध्यागमन र दूतावासको सहकार्यमा खुलेआम किनबेच धन्धा।

कुवेत:= नेपालबाट घरेलु कामदार (हाउसमेड) को रुपमा कुवेत लगायत देशहरुमा ल्याउने र सप्लाई गर्ने कार्यमा एक दर्जन नेपालका मेनपावर ब्याबसायी सहित १ सयजना भन्दा बढी नेपाली व्यवसायी सङ्गै नेपाली दूतावास कुवेतको संलग्नता रहेको पाइएको छ ।

हाउसमेडमा सबैभन्दा बढी कुवेतमा नेपाली महिलाहरु सप्लाई हुने गरेको अवस्था छ । सम्बन्धित देशमा महिला सप्लाई गर्न वैधानिकता भएपनि नेपालले हाउसमेड पठाउन बन्देज लगाएको अवस्थामा सम्बन्धित गिरोहले नेपालको कानुनको ठाडो बर्खिलाप गरेको पाइएको छ । यसरी कानुन मिचेर काम गर्नेहरुमा अधिकांश नेपाली हरुनै रहेका छन् ।

नेपालीसङ्गै केही भारतीय,बङ्गाली,अफ्रिकन नागरिकले पनि कुवेतमा हाउसमेड ब्याबसाय संचालन गरि नेपालका दुरदराजका गाउ गाउमा आफ्नो संजाल बिस्तार गरि एजेन्ट खटाएर ग्रामीण भेगका सोझा सिधा महिलाहरुलाई फकाएर एयरपोर्ट सेटिङ्ग गरि कुवेत ल्याउने गरेका छन ।

कुवेतमा यसरी काम गर्ने नेपालीहरुको संख्या एक सयभन्दा बढी रहेको र उनिहरुलाई नेपाली दूतावास कुवेतले साथ दिएको पाइएको छ । नेपाली दूतावास कुवेतको राजदूतदेखि लेवर एटेची,पिआरओसम्मलाई प्रभावमा पारेर खुलेआम हाउसमेड कुवेत सप्लाई गरिने गरेको छ ।

तेति मात्रै होईन कुवेतमा रहेका हाउसमेड ब्याबसायीले कुवेतमा आउने राजनितिक दलका नेताहरु र पाहुनाहरुको होटल,टिकेटसमेत समेत गर्ने गरेका छन । कुवेतमा रहेका हाउसमेड ब्याबसायीहरुको कुवेतमा रहेको सामाजिक संघ संस्थाहरुमा पनि दबदबा रहेको छ।

उनिहरुको पकडमा कुवेतमा रहेका धेरै संघ संस्थाहरु रहेका छन । अन्य संस्थाहरुजस्तै एनआरएनए कुवेतमा पनि उनिहरुको राम्रो प्रतिनिधित्व रहेको छ । यस्कै आडमा उनिहरुले खुलेआम आफ्नो धन्धा चलाउन सफल भएका छन ।

कुवेतमा बसेर नेपालीलेनै नेपालको नीति बिपरित कुवेतमा प्रत्यक्ष हाउसमेड व्यवस्थापनको काम गर्दै गरेको विषयमा कुवेतस्थित नेपाली दुतावास समेत पुर्ण जानकार छ । तर दुतावास तिनै व्यवसायीको प्रभावमा रहेको प्रत्यक्ष हामीले स्थलगत भर्मणमा पनि देखियो ।

हामी नेपालबाट आएका पत्रकारहरु लेबर एटेची गिरि प्रसाद आचार्यको कार्यकक्षमा रहेकै समयमा हाउसमेड ब्याबसायी शिव श्रेष्ठको बाट भागेर ज्यान बचाउन केही नेपाली महिलाहरु रुदै आईपुगे । तर दूतावासले शिव श्रेष्ठलाई एकपटक फोनसम्म गरेर महिलाहरुको समस्याको विषयमा जानकारी गराउनसमेत सकेन ।

पिडक शिव श्रेष्ठलाई फोन गरेर बोलाईदिन हाम्रो र पीडित महिलाहरूको पटकपटकको अनुरोधलाई समेत दूतावासले अस्विकार गर्यो । यसैबाट प्रमाणित हुन्छकि दूतावासको हाउसमेड ब्याबसायी सङ्गको मिलेमतो ।कुवेत लगाएत खाडी मुलुकमा नेपाली हाउसमेडको माग उच्च रहेको छ ।

त्यसैलाई आफ्नो व्यवसाय बनाएर बर्षौंदेखि कुवेतमा नेपाली हाउसमेड व्यावस्थापन गर्ने व्यवसायीले छुट्टै समूह बनाएर सक्रिय राजनीति समेत गर्दै आएको पाइएको छ । स्रोतका अनुसार उनीहरुको विरुद्ध जाने केहि नेपालीहरुले कुवेतबाटै डिपोर्टसम्मको सजाय भोगेको गुनाशो छ ।

स्रोत भन्छ ‘हामीले कुवेतमा बसेर उनीहरु बिरुद्ध बोल्न-लेख्न सक्दैनौं । नेपाली दुतावास समेत उनीहरूबाट प्रभावित रहेको छ ।’ कुवेतमा हाउसमेडको माग भएसंगै आवश्यक डिमाण्ड पूर्ति गर्न तिनै सक्रिय व्यवसायीले नेपालमा छुट्टै संजाल फैलाएका छन् ।

नेपालमा रहेको गिरोहले कम पढेका, आर्थिक रूपमा कमजोर, एकल महिला, हिंसामा परेका, वा सहयोग खोज्दै भौतारिएकाहरूलाई लक्ष्य बनाउँछन । नेपालीहरुकै सक्रियतामा केही मेनपावर ब्याबसायीको साथमा हाउसमेड भर्ति गर्नेदेखि नेपालमा आवस्थक एअरपोर्ट सेटिङसम्मको र्याकेट बर्षौंदेखि सक्रिय अवस्थामा रहेको पाइएको छ ।

उनीहरूलाई नेपालमा दलालले ‘घरेलु सहयोगी’, सजिलो काम हुन्छ भन्दै झुटा सूचना दिइन्छ, पासपोर्ट बनाइन्छ, इमिग्रेशनमा सेटिङ मिलाइन्छ, र ‘भिजिट’ वा अन्य बहानामा कुवेतसम्म पुर्‍याइन्छ । उनीहरू कुवेत पुगेपछि मात्रै थाहा पाउँछन्, आफ्नो भूमिका ‘हाउसमेड’ हो – जहाँ कामको अवधि, सुरक्षाको ग्यारेन्टी र सम्मान – सबैको मूल्य त्यही ‘लाइनअप’ मा निर्धारण हुन्छ ।

कुवेत पुगेपछि धेरै महिलाहरुले आफुहरु बेचिएको भन्ने जानकारी पाउँछन् । उनिहरुलाई ७५० देखि १५०० केडि सम्ममा खरिद गरिने गरेको हामीसङ्ग सम्पर्कमा आएका १०० भन्दा बढी नेपाली महिलाहरुले बताए ।कुवेत लगायत मध्यपुर्वका देशहरुमा हाउसमेड सप्लाई गर्न नेपालले बैधानिक अनुमति दिएको छैन ।

२०७३ सालदेखि नै सरकारले हाउसमेड पठाउन प्रतिबन्ध लगाएको छ तर धेरै एजेन्टहरुले यसैलाई सेटिङ्ग्का भरमा आफ्नो कमाई धन्दा बनाईरहेका छन् । उनीहरुको योजना अनुसार इमिग्रेशन सेटिङ बर्षौंदेखि चल्दै आएको छ ।

स्रोतका अनुसार यो गिरोहले हाउसमेडमा महिला लगेबापत बार्षिक अर्बौं अवैध आर्थिक फाइदा उठाएको छ, जसमा कुवेतमा हाउसमेड भित्र्याउने मेनपावर कम्पनी, नेपालका दलालहरु, केही सरकारी कर्मचारी र सम्बन्धित देशका एजेन्टहरु समेत संलग्न छन ।

कुवेतका रोजगारदाताले एक जना हाउसमेडको लागि कम्तिमा ७५० देखि १५०० केडी सम्म कमिसन तिर्छन् । यहि रकमले यो धन्दा लामो समयदेखि गज्जबले चलिरहेको छ । हाउसमेड माग गरेको रोजगारदाताले दिएको कमिसन रकम मध्य आधाभन्दा बढी रकम सेटिङकै लागि छुट्याइन्छ ।

नेपाल एअरपोर्टका कर्मचारीसँग कुरा मिलाउने गिरोहले प्रति सेटिङ ६०० केडीको हाराहारीमा रेट लिने गरेको छ । त्यसरी सेटिङ गराएपछि बाँकी रकम एजेन्टहरुले फाइदा लिन्छन् । स्रोतका अनुसार सेटिङ गरि कुवेत पुर्याईएका नेपाली हाउसमेडहरु शुरुमा नेपालीलेनै संचालन गरेका कम्पनीमा पुग्छन् ।