नेकपा एमाले निकट “राष्ट्रिय युवा संघ”को अध्यक्षमा पुनः क्षितिज थेबे निर्वाचित।

काठमाडौं := नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। पोखरा सभागृहमा मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई हराउँदै थेबे दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्।

थेबेले १ सय ८८ मत बढी ल्याउँदै विजयी भएका हुन्। उनले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन्। मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए।

थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन् । पुरी यसअघि महासचिव थिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि निर्वाचन भएको थियो ।