काठमाडौं := नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न नभएको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस निर्णय सुनाउदै प्रवक्ता डा. प्रकाशशरण महतले भन्नुभयाे, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं। जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ महतले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताउनुभयाे ।
त्यस्तै आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै प्रतिपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्धको तयारी गरेका छन् ।












