रास्वपाका सभापति लामिछाने र पूर्वडीआईजी जोशीलाई थुनामै राख्न सर्वोच्चको आदेश (पुर्णपाठ सहित)

काठमाडौं := सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेको छ । शुक्रवार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सो आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ पर्नुभएको थियो । लामिछानेलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालत अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो।

जिल्ला अदालत रुपन्देहीले छविलाई थुनामा पठाउने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। त्यसविरुद्ध दुवै पक्ष उच्च अदालत पुगे। उच्च अदालत बुटवलले रविलाई थुनामा पठाउने आदेश गर्दा छविको हकमा जिल्लाकै आदेश सदर गरेको थियो।

त्यसपछि रुपन्देही कारागारमा रहेका दुवै जनालाई थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका थिए। ती निवेदनसहित बन्दी प्रत्येक्षीकरणको निवेदन पनि साथै राखेर सुनुवाइ गरिएको हो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको यसअघिको आदेशलाई सदर गर्दै सर्वोच्चले शुक्रबार यस्ताे आदेश दिएको हो ।

हेर्नुहाेस् आदेशको पुर्णपाठ सहित