नयाँदिल्ली:= बंगलादेशलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले साफ यू-१९ च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ । गोल्डेन जुब्ली स्टेडियममा आइतबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ४-३ ले पराजित गरेको हो ।
यसअघि भारतले सन् २०२३ मा पाकिस्तानलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो।यू-१९ समूहको प्रतियोगिता तेस्रोपल्ट आयोजना भएको हो । सन् २०१५ मा भएको पहिलो संस्करणमा पेनाल्टी सुटआउटमा भारतलाई ५-४ ले पराजित गर्दै नेपालले उपाधि घरैमा राखेको थियो ।
त्यसको दुई वर्षपछि भुटानमा भएको साफ यू-१८ च्याम्पियनसिपको फाइनलमा पनि भारतलाई २-० ले पराजित गर्दै नेपालले नै उपाधि हात पारेको थियो । त्यसयताका प्रतियोगितामा भारत र बंगलादेशले दबदबा जमाउँदै आएका छन् । उमेर समूहमा भारतको समग्रमा यो चौथो उपाधि हो ।
भारतले यसअघि यू-१८, यू-२०, यू-१९ को उपाधि जितिसकेको छ । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटमार्फत् गरिएको हो । पेनाल्टी सुटआउटमा भारत भाग्यमानी साबित भएको हो । एजेन्सी












