क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग (JIM) इमिग्रेशनले आज बिहान ग्राहकहरूलाई बलिउड शैलीको नृत्य प्रस्तुति प्रदान गर्ने मनोरञ्जन केन्द्र “नाइट क्लव”मा ओप गेगर अन्तर्गत छापा मार्दा १० जना अवैध आप्रवासी कामदारहरूलाई पक्राउ गरेको छ।
क्वालालम्पुर अध्यागमन विभागका निर्देशक वान मोहम्मद सौपी वान युसुफले भने कि बिहान १२.४५ बजे सुरु भएको छापा मार्दा ८ जना पुरुष र २ जना महिला जसमा नेपाल, बंगलादेश र पाकिस्तानका २० देखि ४० वर्ष उमेरका समुहका कर्मचारी डान्सर र ग्राहकहरू सहित पक्राउ परेका छ्न ।
“पछिल्लो समय मनोरञ्जन केन्द्र अर्थात क्लवहरुमा व्यापक छापामारी गरिरहेको र अवैध कार्यमा संलग्न विदेशी हरुलाई पक्राउ गरि डिपोर्ट गरिरहेको बताए।” त्यस्तै अध्यागमन विभागले संघीय राजधानी क्वालालम्पुरका तीन रेस्टुरेन्टहरूमा ओप सेलेरा छापामारी गरि दुई बालबालिका सहित २५ विदेशीहरूलाई पनि पक्राउ गरेको छ । बेरनामा












