क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले यहाँ अवैधानिक हैसियतमा रहेका आप्रवासी कामदार स्वदेशफिर्ती कार्यक्रम २.० (PRM 2.O) बुङ्कुस आगामी सोमबारदेखि अर्को बर्ष सन् २०२६ को अप्रिल ३० सम्म सुचारु गर्ने भएको छ ।
यस् कार्यक्रममार्फत मलेसिया सरकारको गृहमन्त्री दातुक सेरी सैफुद्दीन नासुशन इस्माइलले अवैधानिक आममाफी कार्यक्रममा अवैध आप्रवासीहरू (PATI) स्वेच्छिक रूपमा आफैंले नजिकैको कुनै पनि अध्यागमन विभागमा उपस्थित भैइ बिना कुनै डर र त्रासको जरिवाना बापतको रकम तिरेर स्वदेश फर्किन मिल्ने स्थानीय सञ्चार माध्यमसंगको कुराकानीको क्रममा बताउनुभयो ।
“अब अवैधानिक विदेशी कामदार हरुले जम्मा आरएम ५०० रिंगेट तिरेर आफ्नो देश फर्किन पाउनेछ्न। साथै काम गर्दागर्दै भिसा नलागेर ओभरस्टे भएको अथवा अध्यागमनद्वारा जारी गरिएको पासको म्याद सकिएपछि पनि अवैधानिक हुन पुगेकाले मानिसहरुलाई पनि उहीँ रकम आरएम ५०० नै शुल्क लगाइनेछ, मन्त्री इस्माइलले भने।”
“यसैबीच, भिसा सम्बन्धि सर्तहरू उल्लङ्घन गरेको खण्डमा आरएम ३०० रिंगेट कम्पाउन्ड जरिवाना तिर्नुपर्नेछ । यसको अर्थ कुनै पनि विदेशी मलेसियाभित्र अर्कै उद्देश्यका लागि प्रवेश गरेको तर उनले अर्कै क्षेत्रमा काम गरिरहेको छ भने त्यस्तो ब्यक्तिले तिर्नुपर्नेछ”।
अब मलेसियामा कार्यरत अवैधानिक कामदार स्वदेश फर्किन मिल्ने भएपछि नेपाली कामदार हरु पनि लाभान्वित हुने भएकोछ । नेपाली श्रमिकहरु पनि अब पासपोर्ट अथवा ट्राभल डकुमेन्ट सहित नजिकैको कुनै पनि अध्यागमन कार्यालयमा गैइ जरिवाना तिरेर स्वदेश फर्किन पाउनेछन् ।












